Don't fear the exam process

  2019/03/16     Gaurab Thami

Article Credit: Saroj Upretti (A brilliant student of American University)

Published by: Gaurab Thami

A creative writer on contemporary context.

SEE को exam अनि plus 2 को final आउन थाल्यो, म त लास्टै डराएको छु दाई भन्ने लाई मैले बारम्बार कराएको छु !

तिमि यसकारण डराइरहेका छौ किनभने तिम्रो teacher ले तिम्रो दिमागमा exam दिनु अघि नै result को डर हाल्नु भएको छ !

बिचरा तिम्रा parents हरु ले, छिमेकिको छोरा छोरिको भन्दा
तिम्रो बडि gpa आउनु पर्छ भन्ने सपना पाल्नु भएको छ !
तिम्रो मुटुमा pressure को आगो बाल्नु भएको छ,

अनि म त यो बन्छु भन्ने तिम्रो passion लाई एक्दमै टाढा फाल्नु भएको छ!

result राम्रो ल्याउन त साथिको सार्न पनि सकिन्छ, paper को 4/5 तिर line तानेर answer चिटिक्क पार्न पनि सकिन्छ, लामो उत्तर बनाउनलाई भए नभएका कहानि ले answer sheet भर्न पनि सकिन्छ, मोजा भित्र लुकाएर answer का पाना हरु सर पछाडि जादा cheat गर्न पनि सकिन्छ ! तर , फाइदा के ?

make up artist लाई mathematics को 99 marks ले के फरक पार्छ ?
banker लाई chemistry को reaction ले के अर्थ राख्छ?
आकाशमा उड्ने चरालाई पानीमा पौडन लगाएर के फाइदा?
खुट्टा नभएको बिचरालाई मैदानमा दौडन लगाएर के फाइदा?
तेसैले भन्दै छु,

exam अघि नै तिमि result सग डराउनु पर्दैन ,
सकेसम्म गर्ने हो, result बिगृए पनि कराउनु पर्दैन,

किनभने , doctor नै बन्ने passion भए पनि biology का diagram बनाउन नआउन सक्छ, diagram doctor ले हैन, artist ले बनाउने हो ,
अरे यार, paper checking को लापर्बाहि topper लाई पनि fail बनाउन सक्छ, अनि आत्महत्याको लागि डोरि हैन आफुमा भएको knowledge को confidence लाई समाउने हो !

तिमि आफ्नो field मा कति talent छौ भनेर नाप्ने साधन तिम्रो cetificate बन्नु हुदैन ,
8/10 जना धनि मान्छे clg drop थिए, अब म पढाई drop गर्दिन्छु पनि भन्नु हुदैन,
याद राख,
सन्सारमा आज जो जो सग एक्दमै धेरै धन र मान छ,
उ सग आफ्नो subject मा एक्दमै धेरै ग्यान छ

यसपालिको final को लागि enjoy गर अनि डटेर पढ, रटेर हैन,
आत्माले सुन्ने गरि काराएर पढ, result के आउछ भनि डराएर हैन,

formula लाई गीत बनाएर पढ, हातमा guitar समाएर पढ,
बिहानको हावामा बाहिर निस्केर पढ, रमाइलो गर्दै जिस्किएर पढ ,
जे सिक्छौ जान्न का लागि पढ, केहि नया कुरा सिके भनि ठान्न का लागि पढ ,

तर please एउटा कुरा नबिर्स,
तिमिमा जे छ, त्यो तिमि मै रहि रहन्छ,
तिम्रो talent तिमि मै भै रहन्छ,
यो exam को result ले तिम्रो भबिस्य बिगार्ने, बनाउने केहि गर्दैन,
तेसैले exam दिनु अघि नै तिमि result सग डराउनु पर्दैन !

 
 
 
 
d
 


Other Blogs